टेनिस टोली भियतनाम जाने

२०८३, २२ कार्तिक शनिबार १९:५१

डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टेनिस टोली आइतबार भियतनामको फान थिट जाने भएको छ ।

नोभेम्बर ११ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, करनबहादुर थापा, निसान श्रेष्ठ र दर्शिल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका महासचिव निरेशबहादुर श्रेष्ठ, सचिव अजय विष्ट र कोषाध्यक्ष गौरीशंकर श्रेष्ठले शनिबार सातदोबाटोमा बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *