काठमाडाैं । ४६ औँ चेस ओलम्पियाड खेलाडी राजन सुवेदीले क्यान्डिडेट मास्टर (सिएम)को टाइटल तथा कृतिसरा अधिकारीले ओमन क्यान्डिडेट मास्टर (डब्लूिसएम)को टाइटल प्राप्त गरेका छन् ।

राजन सुवेदीले ब्यक्तिगत ६ खेलबाट ४ अंक जोडेर सिएम र कृतिसरा अधिकारीले ब्यक्तिगत ७ खेलबाट ३ दशमलब ५ अंक जोडेर डब्लूसिएमको टाइटल पक्का गरेका छन् । ओलम्पियाडको चेस महाकुम्भमा २०४ राष्ट्र सम्मिलित टोली मध्ये नेपालको पुरुष टिमले प्रतियोगितामा कोमोरोस, टिमोर लेट्से, एन्टिगुवा एण्ड बर्बुदा र कतारका राष्ट्रिय टिमलाई हराएर ८ अंक जोडेका हुन ।

आठौं खेलमा नेपालले कतार टिम विरुद्ध ३-१ स्कोरको जीत निकालेका थिए । प्रतिस्पर्धामा एफएम रुपेश जैसवालले कतारी खेलाडी सिएम अल कुवारी हमदलाई पराजित गरे । यस्तै नेपालका आशिष् फुयाँलले कतारका सिएम इर्फान मोहम्मद फिर्दासलाई र राजन सुवेदीले डिजेर्बि मोहमेदलाई हाएका छन् । एक मात्र हार सिएम सुश्रुत दहालको रहन गयो ।

तिन चरणको खेल बाकी हुदा समान ८ अंक बनाएका अफगानिस्तान, साउदी अरेबिया र इथियोपिया टाइब्रेकका आधारमा शीर्ष तीन स्थानमा छन् । नेपाल चौथो स्थानमा रहँदै पदकका लागि संघर्षरत छन् । सहभागी खेलाडीहरुको रेटिङ्ग अनुपातका आधारमा नेपाली टिम सहित अन्य ४१ राष्ट्रलाई समूह डि मा वर्गीकृत गरिएको थियो । प्रत्येक राष्ट्रले ११ चरणको स्वीस लिग खेलमा सहभागी बन्नेछन् ।

यसैगरी नेपाली महिला टोली तर्फ निहाना श्रेष्ठले मादागास्करकी इरिनाह मायरानालाई पराजित गरीन । कृतिसरा अधिकारी र पूजा भण्डारीले जीत उन्मुख खेलमा ब्लण्डर गर्न पुगीन् भने एन्जल महर्जनको हार सँगै १-३ ले टिम पराजित भए । महिला टिमको हार सँगै स्कोर बोर्डमा पनि ६ अंक मै सिमित हुन बाध्य बनेका छन् । महिला टिमले पदक जित्न बाकी खेलमा धेरै राम्रो नतिजा ल्याउनु पर्ने हुन्छ ।

नवौं चरणको खेलमा पुरुष टिमले लक्जम्बर सँग तथा महिला टिमले म्यानमार टिम सँग प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *