काठमाडौं । ई स्पोट्र्स संघ नेपाल (ईशान) ले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमलाई समावेश गर्दै ईशानले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक गरेको हो ।
आईतबार सार्वजनीक गरिएको कार्यक्रममा लिग ढाचाको नेपाल ई स्पोट्र्स लिगको घोषणा गरिएको छ ।
करिब तीन महिना चल्ने लिग समय तालिका राखेर संघले ई स्पोट्र्सको लिग प्रतियोगिताको घोषणा गरेको हो ।
यस्तै पब्जी मोबाईल ग्लोबल ओपन साउथ एसियन च्याम्पियनसिप भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने तालिकामा दशौं राष्ट्रिय खेलकुदलाई समेत ई स्पोट्र्सको क्यालेन्डरमा समावेश गरिएको छ ।
यस्तै पुसमा ईन्टर कलेज च्याम्पियनसिप र माघ देखि चैतसम्म नेपाल ई स्पोट्र्स लिगको समय तालिका राखिएको छ । संघका सचिव आशिष दाहालले वर्षभरी ई स्पोट्र्स गतिविधिलाई सञ्चालन गर्ने उद्देश्यका साथ क्यालेन्डर समावेश गरिएको बताए ।
‘नेपालको ई स्पोट्र्सलाई व्यवसायीक र व्यवस्थित बनाउने उद्देश्य सहित लिग संरचनाको प्रतियोगिता घोषणा गरेका छौं । यसले नेपालको ई स्पोट्र्समा नयाँ आयाम थप्ने विश्वास संघले लिएको छ ।’ सचिव दाहालले भने ।
