काठमाडौं । एसिया ट्रेल मास्टर च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय टोली मंगलबार भियतनाम प्रस्थान गरेको छ ।

असोज १५ देखि १८ गतेसम्म हुने ७५ किलोमिटर दूरीको दौडमा अनिता राई, सुनसरी रोकाया, कल्पना बुढा, आङ फुर्वा शेर्पा, राज्यलक्ष्मी रावल, पञ्चराम बुढा, गोपाल तामाङ, होमलाल श्रेष्ठ र धीरबहादुर बुढाले प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा आशिष मिश्र छन् । टोलीलाई नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायतले मंगलबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । सोही प्रतियोगितामा सहभागी हुन प्रिया राई भियतनाम पुगिसकेको वरिष्ठ उपाध्यक्ष खत्रीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *