पदक विजेतासहित कार्की सम्मानित

२०८३, १८ श्रावण सोमबार ०९:४४

काठमाडौं । बहराइनमा भएको आईएसएफ जिमनासाइडका पदक विजेता खेलाडी तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) को चुनावी साधारण सभाबाट हालै कार्यकारी सदस्यमा निर्वाचित राजकुमार कार्कीलाई आइतबार सम्मान गरिएको छ । 

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका कार्की दोश्रोपटक कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् । जिमनासाइडको बक्सिङमा नोर्बु थेन्डुप शेर्पा र स्वस्तिका तिरुवाले स्वर्ण तथा रोहित जनाला र सूर्यन वैद्यले कांस्य जितेका थिए । तेक्वान्दोमा उज्ज्वल वाग्लेले स्वर्ण तथा निविता केसीले कांस्य जितेका थिए । बक्सिङ प्रशिक्षक दिपक महर्जनलाई पनि सम्मान गरियो ।

उनीहरुलाईलाई नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, हिसान, प्याब्सन, एनप्याब्सन, अपेन र त्रिभूवन विश्वविद्यालयका प्रतिनिधिले एक कार्यक्रमबीच सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *