काठमाडाैं । कान्जिरोवा र भक्तपुर निस्ट दोस्राे क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा कान्जिरोवाले बौद्ध इन्टरनेसनल स्कुललई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । भक्तपुर निस्टले इम्पेरियल वल्र्डलाई १–० ले हरायो । बौद्धले इम्पेरियललाई सडन डेथ (६–५) मा पाखा लगाउदै तेस्राे भयो ।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगिताअन्तर्गत सिनियर गल्र्समा जोन डेवीले काष्ठमण्डप ‘ए’ लाई ७–० र मेरिडियनले इम्पेरियललाई १–० गोलले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे । मेरिडियनले काष्ठमण्डप ‘ए’ लाई ३–० ले पराजित गर्दै तेस्राे बन्यो ।
जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले युरो स्कुल, हात्तीगौडालाई १–० तथा काठमाडौं प्रज्ञा कुञ्जले काष्ठमण्डप ‘बी’ लाई टाइब्रेकरमा २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरे । काष्ठमण्डप ‘बी’ ले युरो, हात्तीगौडामाथि १–० को जित दर्ता गर्दै तेश्रो स्थानमा रह्यो ।
