एरिका गुरूङ सम्मानित

२०८३, १८ असार बिहीबार २०:३९

काठमाडौं । तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

इन्डोनेसियामा भएको २२ औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

सोही अवसरमा करातेका सन्तोष श्रेष्ठ, उसुका राजीव तामाङ र मुकेश पण्डितलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो ।

राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने नगरका खेलाडी पनि नगदसहित सम्मानित भए ।

उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर सृजना बुर्लाकोटी अर्याल, तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *