महर्जन दक्षिण कोरिया प्रस्थान

२०८३, २५ असार बिहीबार २१:०४

मानसिंह डोजोका प्रमुख प्रशिक्षक करातेका महेश महर्जन बिहीबार दक्षिण कोरियाको बुसान प्रस्थान गरेका छन् ।

बुसानमा हुने १८ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते डो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न महर्जन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बुसान कराते डो फेडरेसनले महर्जनलाई प्रतियोगिताको प्रमुख रेफ्रीका रुपमा आमन्त्रण गरेको निमन्त्रण पत्रमा उल्लेख छ । प्रतियोगिता जुलाई ९ देखि १३ तारिखसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *