एनभीएलका मार्की खेलाडी घोषणा

२०८३, १ श्रावण शुक्रबार २१:१७

नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने ६ फ्रेन्चाइज टोलीका मार्की खेलाडी शुक्रबार घोषणा गरिएको छ ।

सगरमाथा स्म्यासर्समा हरिहजुर थापा, मधेश वारियर्समा रविन नगरकोटी, काठमाडौं रेड्समा सुनिल बोहरा, अन्नपूर्ण स्पाइकर किङ्समा हिमाल सुनारी र कर्णाली शिवराजमा पहल गहतराज र खप्तड फाल्कन्समा धिरोज बस्नेत मार्की खेलाडीका रुपमा अनुबन्ध भएका छन् ।

यसअघि एनभीएलको पहिलो संसकरणमा सहभागी हुने ६ फ्रेन्नचाइज टोलीसहित टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ ।

त्यस्तै टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेड र ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजनसंग सम्झौता भएको छ ।

केडिया ग्रुपको आयोजनामा ‘उचाईको नयाँ उडान’ नारा साथ नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म हुँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *