सुलभ र अंकितालाई एकल काता स्वर्ण

२०८३, २२ जेष्ठ शुक्रबार २०:०५

काठमाडौं । नेपालका सुलभ चौधरी र अंकिता पाण्डेले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

एकल काताको पुरुषमा सुलभ तथा महिलामा अंकिता पहिलो भएका हुन् । मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा प्रतियोगिताको पुरुषमा भारतका मोहम्मद ताहसिन उद्दिन अन्सारीले रजत तथा नेपालका निश्चल राई र भारतका दर्शित राठीले कांस्य जिते ।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिलामा नेपालकी अनुज्ञा अधिकारी दोश्रो तथा भारतका सुहाना शाह र नभोलग्न बरिक तेश्रो भए।

प्रतियोगिताको आयोजक टेक्सासका प्रिन्सिपल डा. श्यामसुन्दर श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपालबाट २ सय ३२ र भारतबाट २२ गरी जम्मा २ सय ५४ खेलाडी सहभागी छन् ।

पुरुष-महिलामा एकल कातासहित समान ११–११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् । प्रतियोगिताको अन्तिम दिन शनिबार सम्पूर्ण स्पर्धाका सेमिफाइनल र फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *