काठमाडौं । जापानको आइची–नागोयामा हुने २० औं एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट भएका छन् । अभिषेक पुरुष ८० केजीमुनि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

गत मे २१ देखि २४ तारिखसम्म मंगोलियाको उलानबटारमा भएको २७ औं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतियोगितामा अभिषेकसहित ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । अन्य खेलाडीको पनि एसियाली खेलकुदमा ‘वाइल्ड कार्ड’ मार्फत सहभागिताका लागि प्रकृयामा रहेको तेक्वान्दो संघले जनाएको छ ।

एसियाली पारा खेलकुदको तेक्वान्दोमा भने पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेश गोबर्धन विश्व वरीयताका आधारमा छनोट भइसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *