काठमाडौं । राष्ट्रिय पुम्से तेक्वान्दो टिमका प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली तेक्वान्दो प्रशिक्षक बन्न सफल भएको छन् ।
खड्गी राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारी द्धारा सञ्चालित मिशन २०२६ को विशेष प्रशिक्षण कार्यक्रमका प्रशिक्षक समेत हुन् । उनले विश्व तेक्वान्दो महासंघ (डब्लू टी)को कार्यक्रम अनुसार सन् २०२६ में १५ देखि २१ सम्म अनलाईन मार्फत सञ्चालन भएका डब्ल्यूटी पुम्से कोच सटिफिकेशन कोर्ष अध्ययन गरी परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका हुन् ।
अन्तराष्ट्रिय सटिफिकेशन पुम्से कोर्समा पुम्से तेक्वान्दो क्षेत्रमा प्राविधिक ज्ञान र प्रशिक्षण विशेषज्ञताको उच्च स्तरलाई प्रतिविन्वित गर्दछ । यो महत्वपूर्ण उपलब्धिलाई नेपाल तेक्वान्दो संघको कार्यालयमा संघका अध्यक्ष दीपराज गुरुङ्गले औपचारिक रुपमा प्रमाणपत्र हस्तान्तरण गरेहो ।
अध्यक्षले प्रशिक्षक खड्गीलाई यो उपलब्धिको लागि बधाई ज्ञापन गर्दै राष्ट्रिय पुम्से तेक्वान्दो टिमको तयारीको लागि शुभकामना समेत दिए ।
खड्गीको प्रशिक्षकत्वमा चीनको हाङजाउमा सम्पन्न भएको १९औं एशियाली खेलकुदमा पनि पुम्से प्रशिक्षकको रुपमा सहभागी भएको थिए । आगामी जापानको आइची नागोयामा सञ्चालन हुने २० औं एशियाली खेलकुदको लागि पुम्से टिम तयारी गरिरहेको नेपाल तेक्वान्दो संघले जानकारी दिए ।
