काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले चार वल्र्ड र्याङकिङ च्याम्पियन्सीपमा खेल सञ्चालन गर्ने  भएका छन्।

अशोकले जि फोर ओसियन ओपन एन्ड पारा, वल्र्ड र्याङकिङ जि थ्री डब्ल्यूटि प्रेसिडेन्ट कप र वल्र्ड र्याङकिङ जि टु अस्ट्रेलियन ओपनमा खेल सञ्चालन गर्नेछन् ।

अशोकले सुरुमा अस्ट्रेलियाको गोल्डकोस्टमा हुने वल्र्ड र्याङकिङ जि टु तेक्वान्दो प्रतियोगिता खेलाउने छन् । सो प्रतियोगिता सञ्चालन गर्न अशोक शनिबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

अस्ट्रेलियन तेक्वान्दो तथा ओसियाना तेक्वान्दोको आयोजनामा हुने सो प्रतियोगिता जुन १८ देखि २२ तारिखसम्म चल्नेछ ।

उनले अस्ट्रेलियन ओपनमा निर्णायकको भूमिका निर्वाह गर्न लागेको यो चौथो पटक हो । यसअघि सन् २०१९, २०२४ र २०२५ मा पनि अशोक अन्तर्राष्ट्रिय रेफ्रीको रुपमा अस्ट्रेलियन ओपनमा सहभागी भएका थिए ।

अशोक नेपालका ग्यारोगी तथा पुम्स दुवै विधाका दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ । उहाँ पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक पनि हुन् ।

५० भन्दा बढी विश्व वरीयताका तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नु भएका अशोक युवा तथा खेलकुद मन्त्रालयबाट ‘उत्कृष्ट रेफ्री’ का रूपमा सम्मानित पनि भइसकेका छन् । अशोक नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *