काठमाडौं । इनर ह्विल डा. सृष्टि वोमेन्स अवार्ड २०२६ बाट महिला भलिबल राष्ट्रिय टोलीकी सदस्य उषा भण्डारी सम्मानित भएकी छिन् ।

ईन्टरनेशनल ईनर ह्विल डिस्ट्रिक्ट ३५० को आयोजनामा शनिबार भएको एक कार्यक्रमकाबीच भलिबल खेलाडी उषा सम्मानित भएकी हुन् । सन् १९२५ मा बेलायतको म्यान्चेस्टरबाट सुरु भएको यस संस्था हाल विश्वभर १०० वटा भन्दा बढी राष्ट्रमा फैलिएको छ ।

संस्थाले हरेक वर्ष एक जना नेपाली महिला खेलाडीलाई सम्मान गर्ने गरेको छ । संस्थाले गत वर्ष करातेकी खेलाडी एरिका गुरुङलाई सम्मान गरेको थियो ।

सम्मानित खेलाडी उषाले नगद २५ हजार प्राप्त गरिन् । यस संस्करणका लागि सम्मानित खेलाडी छनोटका लागि दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता र हाल करातेका राष्ट्रिय प्रशिक्षक मण्डेकाजी श्रेष्ठ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *