काठमाडाैं । पारा पौडी विश्व सिरिजमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार जापानको फुजी सिजुओका जाने भएका छन् ।
जेठ १५ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष एस ९ क्याटगोरीमा मेम्बरसिंह स्याङबा तथा महिला एस ६ क्याटगोरीमा जेनिशा कडायतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवैले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन्। विश्व सिरिज जापानमा हुने पारा एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको संघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार बिदाइ गरे ।
