जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ५६ रनले पराजित भएको छ ।

आईतबार जनकपुरको रामजानकी बहुउद्देशीय रगंशालमा सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पुलिसले भेट्टाउन सकेन ।

पुलिस ३५.१ ओभरमा १३५ रन बनाउँदै अलआउट भयो । पुलिसका ओपनर कुशल भुर्तेल शून्य रनमै पेभिलियन फर्किए ।

अर्काओपनर दिनेश खरेल १० रनमै समेटिए । पुलिसको लागि गुलशन झाले अर्धशतक पारी खेले । ५० रन बनाएका उनले ६४ बलको सामना गरेका थिए । सो क्रमा उनले ५ छक्का र १ चौका समेत प्रहार गरे । सुदूरपश्चिमको लागि हेमन्त धामी र शोर मल्लले समान ३-३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरले ४०.४ ओभरमा १९१ रन बनाउँदै अलआउट भयो । सुदूरको लागि नारायण जोशीले ८२ रनको योगदान गरे । जोशीले ८० बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।

सुदूरका कप्तान शेर मल्ल ३ रन बनाएर आउट भए । पुलिसको लागि दिनेश खरले ४ र सागर ढकालले ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *