काठमाडौं । हावाहुरीले हिटिङ पौडी पोखरीको छानामा पुर्याएको क्षतिको बुधबार निरीक्षण गरिएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीको निरीक्षण गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यत्रय कमलबहादुर भट्टराई, भानबहादुर चन्द र सुवर्ण श्रेष्ठसहितको टोलीले स्थलगत निरीक्षण गर्दै प्रमुख लीलाराम बस्नेतसंग सोमबारको हावाहुरीले पुर्याएको क्षति बारे जानकारी लिएका छन् ।
सो अवसरमा सदस्य–सचिव रामचरित्र मेहताले यथाशीघ्र मर्मतका लागि निर्देशन दििएका छन्।
निरीक्षणका दौरान प्रशासन विभागका प्रमुख भोजानन्द राईलगायतको उपस्थिति रहेको थियो ।
