एन्फा राष्ट्रिय लिग अन्तर्गत सातदोबाटो युथ क्लब र नव जनजागृति युवा क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका हुन् ।
खेलको २६औं मिनेटमा बिक्रम ठोकरले गोल गर्दै नव जनजागृति युवा क्लबलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ४८औं मिनेटमा अरुण लामाले गोल फर्काउँदै सातदोबाटो युथ क्लबलाई खेलमा फर्काए ।
त्यसपछि दुवै टोलीले थप गोलका अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल १–१ को बराबरीमा सकियो । बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् ।
