दशौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष लिगको मिति सारिएको छ ।
नेपाल भलिबल संघको आयोजनामा हुने उक्त लिग एक महिनापछि सारिएको संघले जनाएको छ । संघका अनुसार प्राविधिक कारणले गर्दा लिग सार्नुपरेको हो ।
यसअघि उक्त लिग आउँदो चैत १९ देखि २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आयोजना गर्ने तय भएको थियो ।
संघका अनुसार अब लिग वैशाख १० देखि १९ गतेसम्म आयोजना हुनेछ। खेलहरू राखेपमै हुने तालिका रहेको छ ।
लिगमा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
