सुभाङ्गीलाई स्वर्ण

२०८२, ५ फाल्गुन मंगलवार १९:५१

काठमाडौं । नेपालकी सुभाङ्गी श्रेष्ठले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोश्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगितामा मंगलबार स्वर्ण जितेकी छन् ।

नेपाल तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा सुभाङले महिला ६२ केजीमुनि फाइनलमा नेपालकी सुस्मिता मोक्तानलाई पराजित गर्दै स्वर्ण जितेकी  हुन् ।

पुरुष ६४ केजीमुनि भारतका अंकित, ६३ केजीमुनि नितेश सिंह र ८० केजीमुनि भारतका अक्षय हुडाले स्वर्ण जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *