गाईघाट । एन्फा वुमन्स च्याम्पियनिसप अन्तर्गत पहिलो सेमिफाइनलमा विभागीय डर्बी हुने भएको छ । फाइनल प्रवेशका लागि दुई बलिया टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा हुने खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ । यस खेलको विजेताले दोस्रो सेमिफाइनलअन्तर्गत एपीएफ र संकटाबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
क्वाटरफाइनलमा पुलिसले रियाल एफसीलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने आर्मीले एनआरटीविरुद्ध ६–१ को पुनरागमन जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
आगामी ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक एन्फाले जनाएको छ ।
