काठमाडौं । नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कम्बोडियामा भएको प्रतियोगितामा नेपालले २ स्वर्णका अलावा २ कांस्य पनि जित्यो ।

महिला ४८ केजीको सेमी प्रोफेसनलमा सुष्मा चौधरीले कम्बोडियाकी रिथी रितालाई पराजित गरी स्वर्ण जितेको टोलीका प्रशिक्षक समेत रहेका नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

यु–१५ पुरुष ४५ केजीमा पुस्करदेव मल्लले कम्बोडियाकै सन सोम्नाङलाई हराउदै स्वर्ण हात पारे । पुरुष ५७ केजीमा सन्दिप तामाङ तथा पुरुष ६० केजीमा मुकेश लुइटेल खत्रीले कांस्य पदक हासिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *