काभा वुमन्स लिगको सेमिफाइनलमा पुलिस क्लब तुरान भलिबल क्लबसँग पराजित भएको छ ।
माल्दिभ्सको मालेस्थित शोसियल सेन्टर इन्डोर हलमा सोमबार सम्पन्न खेलमा पुलिस ३–० को सोझो सेटमा पराजित भयो ।
पहिलो सेट २५–१४, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–११ ले हार्दै पुलिस फाइनल प्रवेश गर्न असफल भएको हो ।
यस हारसँगै पुलिस क्लब अब तेस्रो स्थानको लागि खेल्नेछ । अर्कोतर्फ, तुरान भलिबल क्लब सहज जीतसँगै फाइनलमा पुगेको छ । आज भएको सेमीफाइनलमा इरानका फुलाद क्लवले श्रीलंकाका हिर्दारामानी क्लवलाई सोझो सेटले हराउँदै फाइलन प्रवेश गरेको छ ।
