काठमाडौं । अमेरिकन स्विमिङ कोचेस एसोसिएसनद्वारा प्रमाणित काठमाडौंमा सम्पन्न भएको छ । नेपाल स्विमिङ एसोसिएसनको स्वीकृतिमा आयोजित यस क्लिनिकले नेपालमा स्विमिङ प्रशिक्षकहरूको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ ।

क्लिनिकको समापन समारोहमा नेपाल स्विमिङ एसोसिएसनका अध्यक्ष जगतमान श्रेष्ठ, सचिव गंगालाल गोले तथा कोषाध्यक्ष दिलिप वैद्यको उपस्थिति रहेको थियो ।

साथै, डीज बुटिक होटलका संस्थापक तथा अध्यक्ष दीपक गुरुङ र लिटिल डल्फिन्स स्विम स्कूलका संस्थापक तथा अध्यक्ष युवराज सुनुवारले कार्यक्रमलाई विशेष महत्व प्रदान गरे । ओलम्पियन सिरिश गुरुङले लेभल ४ र ५ को तालिम लिए । त्यस्तै, ओलम्पियन नयना शाक्यले पनि लेभल ४ र ५ को तालिम पूरा गरे ।

कार्यक्रमका आयोजक लिटिल डल्फिन्स स्विम स्कूलले गत वर्षदेखि कार्यक्रमको आयोजना गर्दै आएको छ । हालसम्म करिब ३५ भन्दा बढी नेपाली स्विमिङ प्रशिक्षकहरू प्रमाणित भइसकेका छन् ।

लिटिल डल्फिन्स स्विम स्कूल नेपाल लाइफ सेभिङ एसोसिएसनद्वारा मान्यता प्राप्त लाइफगार्ड तालिम केन्द्र समेत हो, जसले देशको जलक्रीडा क्षेत्रको विकासमा यसको भूमिकालाई थप सुदृढ बनाएको छ । यो प्रमाणपत्रले प्रशिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्य, वैज्ञानिक र संरचित प्रशिक्षण पद्धति प्रदान गर्दछ ।

यसले कोचिङमा व्यावसायिकता, सुरक्षा, खेलाडी विकास र दीर्घकालीन प्रदर्शन योजनालाई मजबुत बनाउँदै नेपालको स्विमिङ क्षेत्रलाई विश्वस्तरीय मापदण्डतर्फ अगाडि बढाउन सहयोग पुर्याउने आयोजकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *