गाईघाट । विभागिय टोली त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा आर्मीले एनआरटीविरुद्ध ६-१ को पुनरागमन जित हासिल गरेको हो ।
खेलमा कविता गुरुङको गोलबाट सुरुआती अग्रता बनाएको एनआरटीले उक्त अग्रता जोगाउन सकेन ।
आर्मीकाे जितमा जेनिफर रानाको ह्याट्रिक पूरा गरिन् । उनले सबै गोल दोस्रो हाफमा गरेकी हुन् । यस्तै सपना राईले दुई र दिपा राईले एक गोल गरिन् ।
यो जितसँगै आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग फाइनल प्रवेशको लागि भिड्नेछन् ।
