विराटनगर । विराटनगरमा भएको मोरङ जिल्ला नगरस्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ ।

मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुलले ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदककासाथ प्रथम भयो ।

विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदकप्राप्त गर्दै द्वितीय र बेलबारी नगरपालिका वडा नम्बर १० डाँगिहाट ६ स्वर्ण, ३ रजत र ३ कांस्य पदकका साथ तृतीय स्थान भए ।

जिल्ला प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू प्रदेश प्रतियोगिता हुँदै वैशाखमा काठमाडौंमा हुने आईटीएफको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । मोरङको विभिन्न डोजाङका १ सयभन्दा बढी खेलाडीहरूले प्याटन र स्पाइरिङका इभेन्ट प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।

खेलाडीहरूलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, उपाध्यक्ष चतुरलाल चौधरीलगायतले पुरस्कार प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *