सुनसरी । सुनसरीको दुहबीमा जारी ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा चात्या सा फुटबल क्लब, दमक, झापा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा चात्या सा फुटबल क्लबले रारा फुटबल क्लब, राजारानी, धनकुटालाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलमा चात्या साका तर्फबाट हरि कार्की र राजेश दाहालले गोल गरे । हरिले दोस्रो हाफको छैटौं मिनेट र  दोस्रो हाफको १२औं मिनेटमा राजेश दाहालले गोल गरे । राराका प्रदिप बुढाथोकीले दोस्रो हाफको ३१औं मिनेटमा एक गोल गरी शुन्य हुनबाट जोगाए । 

खेलको म्यान अफ दि म्याच चात्या साका असिम राई घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।

भोलि बुधबारको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल एम एफसी, सुनसरी र विदेशी टोली जस्ट जोन एफसी, नाइजेरियाका बीच हुने आयोजकले जनाएको छ ।

फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *