सुनसरी । पाहुना टोली जस्ट जोन एफसी, नाइजेरिया ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीलाई २-० ले पराजित गर्दै जस्टी जोन उपाधि नजिक पुगेको हो ।

खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको नवौं मिनेटमा ओडागो आदमाको गोलमा जस्ट जोनले अग्रता लिएको थियो । डिबक्स बाहिरबाट आदामाले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

खेल पूर्णरुपमा नाइजेरियन टोलीको नियन्त्रणमा रह्यो । खेलको सुरुवाती देखि नै नाइजेरियन टोलीले आयोजक टोलीलाई निकै दबाबमा राख्यो । आयोजकलाई कुनैपनि गोलको अवसर दिएनन् । दोस्रो हाफको २०औं मिनेटमा डेभिड तायोले उत्कृष्ट गोल गर्दै जस्ट जोनलाई २–० को सहज जित दिलाए ।

खेलको म्यान अफ दि म्याच जस्ट जोनका ओडागो आदामा घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे । अब जस्ट जोनले शनिवार उपाधिका लागि चात्या सा फुटबल क्लब, दमक, झापासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *