काठमाडाैं । न्यु डायमन्ड स्पोर्टस क्लबकाे ‘ए’ टिमले सुरुङ्गा नगरपालिका राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि रक्षा गरेको छ । 

सुरुङ्गा नगरपालिकास्थिति संसेरपुर धाती कोर्टमा आयोजित प्रतियोगितामा पहिलो संस्करणको उपाधि विजेता न्यु डायमण्ड ‘ए’ टिमले आज भएको फाइनलमा डायमण्डकै ‘बी’ टिमलाई ३–० को सोझो सेटले हराउदै उपाधी रक्षा गरेको हो । 

न्यु डायमण्ड ‘ए’ ले २५–१७,२५–११, र २५–१० ले हराउन सफल भयाे । तेस्रो स्थान ब्राइटफ्युचर सुन्दरपुर हरैचा मोरंगले हातपारे । प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५१ हजार, दोस्रो पुरस्कार एक लाख एक हजार र तेस्रो पुरस्कार ५१ हजार रहेको थियो । 

यस्तै फाइनल खेलमा न्युडायमण्का निशा महर प्लेयर अफ द म्याच घिषित भइन् । विधागत तर्फ बेस्ट स्पाइकर डायमण्ड ‘बी’ की रेवीका लामा तमाङले हतपार्दा बेस्ट सर्भर न्युडामण्ड ‘ए’ की अनुस्का कार्की चुनिन् ।

बेस्ट ब्लकर डायमण्ड ‘बी’ की सारीका कार्की, बेस्ट सेटर न्युडामण्ड ‘ए’ की भावना तामाङ, बेस्ट कोच डायमण्डका कुमार राई तथा सर्वोत्कृष्ठ खेलाडी न्यडामन्ड ए की सलिना बुढामगर घोषीत भए । यस्तै उदयमान खेलाडीको पुरस्कार न्युडायमन्ड बी की ग्रीष्मा कार्कीले हात पारिन् ।  

सम्पन्न प्रतियोगितामा न्यु डामण्ड ‘ए’ र बी सहित ब्राइट फ्युचर सुन्दरपुर हरैचा मोरंग, जनशक्त्ती क्लब कोल्वी बारा, गुद्री भलिबल ट्रेनिङ सेन्टर विराटनगर र आयोजक सुरुङ्गा नगरपालिकागरि ६ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *