एन्फा महिला च्याम्पियनसिप अन्तर्गत अन्तिम क्वाटरफाइनलमा संकटा फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा दिउँसो ३:३० बजे सुरु हुने यस खेलको विजेताले सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लब सँग प्रतिस्पर्धा गर्नेछ ।
चर्च ब्वाइजले प्रि–क्वाटरफाइनलमा छहारी युवा क्लबलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । यता संकटाले भने बाइ पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आगामी ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक एन्फाले जनाएको छ ।
सेमिफाइनल यात्रा सुनिश्चित गर्न दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रने अपेक्षा गरिएको छ ।
