काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो सहायक मुख्य प्रशिक्षक नोर्बु लामा पहिलो नेपाली प्रथम श्रेणीको अन्तराष्ट्रिय पुम्से रेफ्री बनेका छन् । सन् २०१० मा अन्तर्राष्ट्रिय रेफ्रिको दोस्रो श्रेणीमा बढुवा भएका लामा २०२५ को डिसेम्बर ३१ तारिखमा प्रथम श्रेणीमा बढुवा भएका हुन् ।

अन्तर्राष्ट्रिय रेफ्रीमा दोस्रो श्रेणीबाट प्रथम श्रेणीमा बढुवा हुन विश्व तेक्वान्दो महासंघको नियमा अनुसार जी – १ तथा जी – २ अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्तराष्ट्रिय रेफ्री रिफ्रेसर कोर्षमा सहभागी भई ८ अंक प्राप्त गर्नु पर्नेछ ।

उक्त ८ अंक प्राप्त गर्न लामाले अस्ट्रेलिया, दक्षिण कोरिया, दुवई, मलेसिया, हङकङ, भारत र इन्डोनेसियमा भएको जी-२ प्रतियोगिता एवं रिफ्रेसर कोर्षमा सहभागी भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् ।

लामाले २०२२ मा कोरियमा सम्पन्न विश्व पुम्से तेक्वान्दो प्रतियोगितामा समेत निर्णायको भूमिका निर्वाह गरेको थिए । काभ्रेका लामाले २०४५ सालदेखि तेक्वान्दो सुरु गरी विश्व तेक्वान्दो हेडक्वाटरबाट ७ औं डान ब्ल्यक्बेल्ट प्राप्त गरेका छन् ।

लामाले इन्डोनेसियमा भएको १८ औं एसियाली खेलकुद तथा सन् २०१० मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली राष्ट्रिय तेक्वान्दो पुम्से टिमको प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । १३ औं सागमा तेक्वान्दोले जितेको कुल १२ स्वर्ण मध्ये ७ स्वर्ण पदक पुम्से विद्याबाट प्राप्त भएको थियो ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले लामालाई सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा प्रमाण पत्र प्रदान गर्दै बधाइ दिए । सो अवसरमा राखेपका सदस्य कुमार लामा घिसिङ, संघका महासचिव हेमन्त डाँगी, सदस्य टिकाप्रसाद लिम्बुलगायतको उपस्थित रहेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *