ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १९ को आयोजनामा वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

ललितपुर महानगरपालिका १९ नं. वडा अध्यक्ष राजेन्द्र महर्जनले एक विज्ञप्ति जारी गर्दै माघ २ र ३ गते हुने खुल्ला चेस प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएका छन् ।

वडा अध्यक्ष राजेन्द्र महर्जनले विश्व बुद्धिचाल महासंघ (फिडे) को अन्तर्राष्ट्रिय चेस इभेन्ट कोड नं. ४६१२५० प्राप्त गर्दै नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी गराएका छन् ।

अध्यक्ष महर्जनले नेपालका शीर्ष १५० जना राष्ट्रिय चेस खेलाडीहरुको नाम दर्ता सुनिश्चित भइसकेको जानकारी गराउदै ३१ जनालाई कूल नगद १ लाख १ हजार धनराशी पुरस्कार प्रदान गरिने बताएका छन् । उनले समाजलाई सहि दिशामा रुपान्तरण गर्न बौद्धिक खेल चेस उपयुक्त माध्ययम हुने हुदा बैचारिक स्तर उकास्न वडा कार्यालय खेलकुद प्रति बढी झुकाव राख्दै आएको अवगत गराएका छन् ।

एन्टिचिटिङ प्रमुख आईए ज्ञानेन्द्र खाइजूले अनुशासन विरुद्ध लचिलो हुन नसक्ने जानकारी गराउँदै फेयर प्ले नियम पूर्णरूपमा लागु हुने सुचित गराएका छन् । प्रतियोगिताका प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकारले खेल १० मिनेट १० इन्क्रिमेन्ट समयावधि रहने तथा विजेता बन्न डाइरेक्ट इन्काउन्टर, बुकोल्ज कट वान, अप्सन एफ र सोनेवर्न बर्जरको सामना गर्नु पर्ने बताएका छन् ।

प्रतियोगिताका संयोजक वडा सदस्य बिरेन्द्र ताम्राकारले प्रतिस्पर्धा ललितपुरको रातो मच्छिन्द्रनाथ मन्दिर अवस्थित मच्छिन्द्र बहालमा पहिलो दिन ५ चरण र दोस्रो दिन ४ चरणको खेल सञ्चालन पश्चात पुरस्कार वितरण गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *