न्यु डायमन्ड स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार सम्पन्न समूह ‘ए’ को खेलमा एभरेष्ट भलिबल क्लबलाई ३–० को सेटमा हराएको हो ।

जितसँगै न्यु डायमन्ड समूह चरणका सबै तीन खेलमा जित हासिल गर्दै ९ अंक जोड्न सफल भयो । यता, पराजित एभरेष्टले भने लगातार दोस्रो हार ब्यहोरेको छ ।

यसअघि न्यु डाइमन्डले त्रिभुवन आर्मी र चुली युवा क्लबलाई पराजित गरेको थियो । डायमन्डले खेलमा २५–२१, २५–१५, र २५–१५ ले जित हासिल गर्यो ।

यस्तै, यही समूहबाट विभागीय टोली आर्मीले ३ मध्य दुई खेलमा जित र एकमा हारसहित ६ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ।

समूह ए बाट न्यु डायमन्ड र आर्मी सेमिफाइनलमा प्रवेश गर्दा दुई खेलमा लगातार हार व्यहोरेको एभरेष्ट भलिबल क्लब र चुली युवा क्लब भने बाहिरिएका छन् । यद्यपि, यी दुई टोलीले एकअर्काविरुद्ध बुधबार समूह चरणको अन्तिम खेल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *