काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता र विश्व एन्टी डोपीङ एजेन्सी (वाडा) का एसोसिएट डाइरेक्टर एमिलियानोबीच भेटवार्ता भएको छ ।
राष्ट्रिय खेलकुद परिषदमा भएको भेटका अवसरमा सदस्य सचिव मेहताले नेपालमा राष्ट्रिय एन्टिडोपीङ एजेन्सी गठन गरिसकेको भन्दै अब वाडाले अधिकार प्राप्त राष्ट्रिय एन्टिडोपीङ एजेन्सीसँग मात्र सम्बन्ध राखी काम गर्न सुझाव दिए ।
त्यस अवसरमा विश्व एन्टी डोपीङ एजेन्सीका एसोसिएट डाइरेक्टर एमिलियानोले राष्ट्रिय एन्टिडोपीङ एजेन्सीलाई नै आधिरकारिक मान्यता दिदै नेपालको एन्टी-डोपिङ यात्रा पारदर्शी, उत्तरदायी र राज्य-प्रणालीअनुसार चल्ने र सहकार्य गरेर स्वच्छ, निष्पक्ष र मर्यादित खेलकुदतर्फ अघि बढ्ने बताए ।
भेटका अवसरमा नेपाली खेलकुद क्षेत्रको विकास र एन्टिडोपीङको विश्व व्यापी आवश्कताका बिषयमा छलफल भएको थियो । भेटका अवसरमा राष्ट्रिय एन्टिडोपीङ एजेन्सीका संयोजक डाक्टर असिम भण्डारीको पनि उपस्थिती थियो ।
