काठमाडौँ। रुकुम पश्चिम ट्रेनिङ सेन्टरले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सोमबार सम्पन्न दिनको पहिलो खेलमा समूह ‘सी’ को रुकुमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गरेको हो ।

जितसँगै रुकुम प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यता, जारी प्रतियोगितामा जावलाखेलले भने पहिलो खेलमै पराजय ब्यहोरेको छ ।

पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको रुकुमले तेस्रो सेट भने २३–२५ ले गुमाउन पुर्यो । त्यसपछि चौथो सेटमा रुकुमले पुनरागमन गर्दै २५–१८ ले जित हासिल गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *