काठमाडौँ । खिल्जी युवा क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न समूह बी को खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । 

योसँगै ढोरपाटन समूह चरणबाटै बाहिरिएको छ । यी दुवै टोली आ–आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । 

खेलमा खिल्जी २५–१५, २५–१९ तथा निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा २५–ले विजयी भयो । यो सँगै खिल्जीले अन्तिम आठमा विभागीय टोली त्रिभुवन आर्मी प्रतिद्धन्दी पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *