नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० सोझो सेटमा हराएको छ ।
कोशीले कीर्तिपुरलाई क्रमशः २५-२३, २५-२० र २५-२३ ले हराएको हो । योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको हो ।
कोशीसँगै त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब नेपाल पुलिस क्लब, खिल्जी युवा क्लब, रुकुम पश्चिम ट्रेनिङ सेन्टर र बुढानिलकण्ठ भलिबल क्लबले अन्तिम आठमा स्थान बनाएका छन् ।
प्रतियोगितामा क्वार्टरफाइनलका चारै खेल भोलि बिहीबार हुनेछन् । क्वार्टरफाइनलमा हेल्प नेपालले खिल्जी, पुलिसले एपिएफ, रुकुमले कोशी र आर्मीले बुढानिलकण्ठको सामना गर्नेछन् ।
यता, महिलातर्फ भने सेमिफाइनल समीकरण समेत पूरा भएको छ । अब शुक्रबार हुने पहिलो सेमिफाइनलमा न्युु डायमण्ड ले एपीएफ तथा दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीसँग प्रतिस्पर्धा गर्नेछन् ।
