हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

आज बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि दुबै विकेट लोकेश बमले लिए । त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए । हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो ।

अब नेपालले अन्य समूह रहेका पुछारका टोली सम्मिलित ‘बाउल लिग’ खेल्नेछ । उक्त समूहमा नेपालसहित श्रीलंका, यूएई र समूह सी को टोली रहनेछ । आज नै ७:५० बजे नेपालले श्रीलंकाको सामना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *