नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनोट भएको छ ।

युरोपीयन छनोट अन्तर्गत आइतबार राति सम्पन्न समुह आइ को खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै नर्वे १९९८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो ।

नर्वेको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने एन्टोनियो नुसा र जोर्गेन स्ट्रान्ड लार्सेनले एक एक गोल गरे । त्यस्तै इटालीका लागि एक गोल फ्रान्सेसको पियो एस्पोसिटोले गरे ।

जितसँगै समुह आईमा नर्वेको ८ खेलबाट २४ अंक भएको छ र अपराजित हुँदै विश्वकपमा छनोट भएको छ । त्यस्तै इटालीको भने ८ खेलमा १८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

योसँगै युरोपबाट नर्वेसहित पोर्चुगल, क्रोसिया, इङल्याण्ड र फ्रान्स विश्वकपमा छनोट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *