शीर्ष स्थानको आर्सनलले इङ्लिस प्रिमियर लिगमा फराकिलो जित हासिल गरेको छ।

आइतबार इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनलले टोटनह्याममाथि ४-१ को शानदार जित हासिल गरेको हो ।

आर्सनलको जितमा एबरेची एजेले ह्याट्रिक गरेका थिए भने लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि रिचार्लिशनले एक गोल गरेका थिए ।

खेलको ३६औं मिनेटमा लेयान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पाँच मिनेटपछि नै एजेले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुआतमै एजेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । टोटनहमका लागि ५५औं मिनेटमा रिचार्लिसनले करिब ४० यार्डबाट उत्कृष्ट गोल गर्दा खेल ३-१ को अवस्थामा आयो ।

तर, इजेले ७६औं मिनेटमा अर्को गोल गर्दै आफ्नो पहिलो प्रिमियर लिग ह्याट्रिक पूरा गरे।

जितसँगै आर्सनलको १२ खेलबाट २९ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै टोटनह्यामको १२ खेलमा १८ अंकसहित नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *