नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिको उपविजेतामै सीमित भएको छ ।
श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो ।
पहिलो सेट नेपालले २५–२२ ले जितेको थियो । दोस्रो सेट २५–२० ले जित्दै किर्गिस्तानले खेलमा पुनरागमन गर्यो । तेस्रो सेटमा पनि किर्गिस्तानले २५–२१ को रोमाञ्चक जित निकाल्दै खेलमा २–१ को अग्रता लियो ।
तर, चौथो सेटमा सानदार पुनरागमन गर्दै नेपालले खेल २५–१३ ले आफ्नो पक्षमा पार्यो । योसँगै खेल पाँचौ सेटमा पुगेको हो ।
तर, निर्णायक सेटमा भने किर्गिस्तानले सानदार पुनरागमन गर्दै खेल १५–११ ले जित्दै उपाधिमा कब्जा जमायो ।
