कराते स्टार एरिका सम्मानित

२०८२, १६ कार्तिक शनिबार १७:५५

नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छन् ।

क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक नीरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् । मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई नगद ५० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो ।

एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहकलगायतको उपस्थिति थियो ।

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले युनिभर्सल कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *