पथरी (मोरङ) । आयोजक इन्ट्रा पथरी-११ फुटबल क्लब अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८२ को फाइनलमा पुगेको छ ।
बिहिवार पथरी रंगाशाला दोस्रो सेमिफाइनल खेलमा न्यु रोड टिम (एनआरटी) लाई १-० गोलले निराश बनाउँदै आयोजक पथरी-११ उपाधि नजिक पुगेको हो ।

पथरी-११ का लागि शौर्य राउतले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको २५औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गरेपनि कुनै गोल हुन सकेन ।
खेलको अन्तिम समयमा भने एनआरटी दश खेलाडीमा सिमित भएको थियो । बिबेक गुरुङले दोहोरो पहेँलो कार्ड पाएपछि एनआरटी दश खेलाडीमा समेटिएको थियो ।

खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता शौर्य राउत घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
अब पथरी-११ ले उपाधिका लागि कार्तिक २२ गते शनिबार सिरहाको सलहेश युवा क्लबसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
