काठमाडौं । हेम्स र मार्वलस १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । हेम्सले चैतन्यलाई ५८-२४ ले पराजित गर्यो ।
हेम्सको जितमा आशुतोष यादवले १७ अंक योगदान गरे । सिनेप शाहीको १२ अंक सहयोगमा मार्वलसले एभरेष्ट फ्लोरिडालाई ४८-४३ ले हरायो।
सिनियर गर्ल्समा काठमाडौं जेभियर्स पब्लिक स्कुलले श्रृजनशीललाई १९-६ तथा काठमाडौं इङलिस स्कुल (केइएस) ले इनोभेटिभलाई २४-२२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ६ तथा केइएसकी रिधिमा राणाले १२ स्कोर गरे।
जुनियर ब्वाइजमा सनसाइनले स्पाङगललाई १८-८ तथा केइएसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २५-१३ ले पन्छ्याउदै फाइनलमा स्थान बनाए । सनसाइनका प्रशान्त ओलीले ८ तथा केइएसका आयुश तिमिल्सिनाले १२ अंक जोडे । फाइनल शनिबार हुनेछ ।
