काठमाडौँ । एथलेटिक्स प्रशिक्षक विमला राना मगर प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएकी छिन् ।
प्रशिक्षण भदौ १८ देखि २० तारिखसम्म हुनेछ । विमलालाई सोमबार नेपाल एथलेटिक्स संघका उपाध्यक्ष शैलेन्द्र खनाल, महासचिव सन्जिव तुलाधरलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
