बंगलादेशले एसीसी एसिया कप टी२० क्रिकेटमा दोस्रो जित दर्ता गरेको छ । अबु धाबीमा मंगलबार सम्पन्न समूह बी को खेलमा बंगलादेशले आफगानिस्तनालाई ८ रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको आफगानिस्तनाले पुरै ओभर खेले पनि १४६ रन मात्रै बनाउन सक्यो ।
आफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाउँदा अज्मतुल्लाह ओमारजाईले ३० कप्तान रासिद खानले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यता, बलिङतर्फ बंगलादेशको लागि मुस्ताफिजुर रहमानले तीन तथा नसुम अहमद तस्किन अहमद र रसद हुसेनले समान दुई विकट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले तान्जिद हसनको अर्धशतकसहित ५२ रनको मद्यतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेशको सुपर फोरको सम्भावना कायम छ भने पराजित आफगानिस्तनाको सम्भावना न्युन बनेको छ । यस समूहमा दुई खेलमा दुवै जित हासिल गरेको श्रीलंका शीर्ष स्थानमा छ ।
