डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागिता जनाउन नेपाली टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।
नेपाली कराते टोलीले दसैंमा पनि तयारी प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ सम्म हुने प्रतियोगितामा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
प्रतियोगितामा एरिका गुरुङले ६८ केजीमाथिमा, वर्षा बुढामगरले ५० केजीमुनिमा, सविना श्रेष्ठले ५५ केजीमुनिमा र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।
टोली प्रशिक्षकमा कुशल श्रेष्ठ तथा निर्णायकमा तारा गुरुङ छन् ।

