काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेका खेल पूर्वाधार उपयोग तथा सन्चालन सम्बन्धी कार्य विधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

राखेप कार्यकारी समितिकी समेत रहेकी कार्यदलकी संयोजक सुवर्ण श्रेष्ठले राखेप सदस्य-सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाइन् ।

सदस्य-सचिव घिसिङले कार्यदलले दिएको सुझाव अत्यन्त उपयोगी रहेका भन्दै परिषद्‌को बोर्ड बैठकले पास गरेपछि कार्यान्वयनमा आउने जानकारी दिए ।

खेलकुद पूर्वाधारहरूको संरक्षण र प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडी मैत्री, सर्वसुलभ र व्यवस्थित ढङ्गले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझाव सहित प्रतिवेदन तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *