काठमाडौं । अखिल नेपाल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत स्ट्याग च्याम्पियन्त टेबल टेनिस एकेडेमीको आयोजनामा हुने स्ट्याग गोल्बल च्याम्पियन्स लिग ‘सिजन थ्री’ भदौ १ देखि हुने भएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मिति भाद्र ०१ देखि ६ गतेसम्म “स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन थ्री’ हुने बताएको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता भाद्र ६ गतेसम्म चल्नेछ । ६ दिनसम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा १० टिम सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा यला टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, एभीएम टेबल टेनिस क्लब, द ड्रागन्स टेबल टेनिस क्लब, कीर्तिपुर नगरपालिका, भर्टेक्स नेपाल टेबल टेनिस क्लब, ओल्ड हाउस रेस्टुरो, टप स्पिन टेबल टेनिस, गुड्स नेपाल, खोल्चा पुंखु खेलकुद समिति र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी छन् । प्रत्येक टिममा एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गरिएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ। पहिलो हुने टिमले नगद ३ लाख रुपैयाँसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले १ लाख ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । सेमिफाइनलमा हार्ने दुवै टिमलाई ७५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *