काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा हुने विशेष समारोहमा उनीहरुलाई सम्मान गरिने छ ।
सिनियर-जुनियरमा समान १-१ पुरुष-महिला गरी ४ खेलाडी र १ पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ । सिनियरलाई समान १-१ लाख तथा जुनियर र पारा विधामा समान ५०-५० नगदसहित सम्मान गरिने छ ।
खेलकुद पत्रकार पुरस्कार विधामा समान १-१ पुरुष-महिलालाई समान २०-२० हजार नगदसहित सम्मानित हुने छन् । त्यस्तै प्रशासन र प्राविधिक (२ करारसहित) तर्फ समान ४-४ गरी ८ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ ।
सर्वोत्कृष्ट २ लाई समान २५-२५ हजार, उत्कृष्ट २ लाई समान १५-१५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान २-२ लाई समान १०-१० हजार नगदसहित सम्मान गरिने छ । उत्कृष्ट खेल संघलाई १ लाखसहित सम्मान गरिने छ । उत्कृष्ट स्थानिय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसा पत्रबाट सम्मान गरिने छ ।
